२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौँः मन्त्री दाहाल

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।

शुक्रवारदेखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले संरचनाहरु निर्माणको क्रमदेखि नै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उल्लेख गरे । मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताए। उनले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए ।

मन्त्री दाहालले सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरिरहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट