२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पर्यटक आकर्षित गर्न वातावरण संरक्षणमा जोड

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । लामो समयदेखि मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योग वातावरण प्रदूषणको चपेटामा परेकामा चिन्ता व्यक्त गर्दै बाह्य पर्यटक आकर्षित गर्न वातावरण संरक्षण अपरिहार्य भएको बताएका छन् ।

साथै उनीहरुले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिले पनि पर्यटकको आगमन प्रभावित भएको वास्तविकतातर्फ सचेत हुन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूहले ‘पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर’ शीर्षकमा आज आयोजना गरेको छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वातावरण प्रदूषणका कारण देशको सुन्दर छवि धमिलिएको बताए ।

उनले भने,“पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ । वायु प्रदूषणका कारण पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नु परेको छ । प्रदूषणका कारकलाई रोक्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । निजी क्षेत्र र सरकोकार भएका सबैले होस्टेमा हैँसे गरेर पर्यटन क्षेत्रको विकासका निम्ति लाग्नैपर्छ ।”

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा नकरात्मक असर देखिएको बताए । उनले भने, “जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लिएको छ । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पर्दछ तर अहिले वायु प्रदूषणले देशको छवि धमिलियो । प्रदूषण घटाउनेतर्फ सबै लाग्नुपर्छ ।”

वायुप्रदूषण रोक्ने सचेतना अभियानमा लामो समयदेखि लाग्नुभएका भूपेन्द्र दासले विश्व नै वायु प्रदूषणको चपेटामा परेको बताउँदै भने, “डढेलो, फोहरमैला जलाउने, सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ, धुँवाको मुस्लो फाल्ने पुराना सवारीसाधनको प्रयोग, निर्माण क्षेत्र र कलकारखानाबाट पनि वायु प्रदूषण हुन्छ । वायु प्रदूषणले पर्यटन उद्योगमा दीर्घकालीन असर पर्नसक्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट