आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि धाउनुपर्ने बाध्यता हट्यो, आजबाट अनलाइन सेवा सुरु

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि धाउनुपर्ने बाध्यता हट्यो, आजबाट अनलाइन सेवा सुरु

काठमाडौं । आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) धाउनुपर्ने बाध्यता हटेको छ ।

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागिआज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु भएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।

तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको बताइएको छ ।

अनलाइन फारम भर्नका लागि https://student.tuexam.edu.np/login  मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।

यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्ने छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend