
काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको हो ।
राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं.१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको बताएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend