
काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको २० वटै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले करिब ४१ अर्ब२५ करोड खुद नाफा गर्न सफल भएका छन्। गत वर्षको यसै अवधि बैंकहरूले करिब ४० अर्ब ६८ करोडको खुद नाफगरेका थिए।
गत वर्षको तुलनामा बैंकहरुले यस अवधिमा १.४ प्रतिशतले मात्रै खुद नाफा बढाउन सफल भएका छन्।
चैत मसान्तसम्ममा सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक बनेको छ । नबिलले ५ अर्ब ५ करोड रुपैयाँ गरेको छ ।
कुन बैंकको नाफा कति ?
स्तै दोस्रो स्थानमा १ करोड बढी नाफा गर्दै इन्भेष्टमेन्ट रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब ५४ करोडखुद नाफा गर्दै दोस्रो स्थानमा रहेको छ।
तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। वितरणयोग्यनाफाका आधारमा नविल र इन्भेष्टमेन्ट बैंकभन्दा ग्लोवल आइएमई बैंक अगाडी देखिएको छ।
चोथो स्थानमा रहेको एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै नेपाल बैंक लिमिटेडले २ अर्ब७८ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफागरेका छन्।
स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६५ करोड रुपेयाँ खुद नाफा गरेका छन्।
यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड रुपैयाँ, नेपालएसविआई बैंकले १ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड रुपैयाँ, सिटिजन्स बैंकले ९६ करोड रुपैयाँनाफा गरेका हुन्।
हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले ३८ करोढ ५८ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यस अवधिमासबैभन्दा कम खुद नाफा एनआईसी एसिया बैंकले १५ करोड ७६ लाख रुपैयाँ नाफा गरेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend