शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

फिल्म ‘लाजनिति’ निर्माणको घोषणा,भदौदेखी छांयाकन सुरु

फिल्म ‘लाजनिति’ निर्माणको घोषणा,भदौदेखी छांयाकन सुरु

काठमाडौं – सदिक्ष्या फिल्म्सको ब्यानरमा नयाँ नेपाली चलचित्र ‘लाजनिति’ निर्माण हुने भएको छ। राज टाइगरको निर्माण र आदित्य बुढाथोकीको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रले नेपालको समसामयिक राजनीतिलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गर्ने बताइएको छ।

हाल चलचित्रको प्रि प्रोडक्सन र स्क्रिप्ट लेखनको काम तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जानकारी दिएको छ। निर्माता राज टाइगरका अनुसार चलचित्रमा समावेश हुने कलाकारहरूको टुंगो लागिसकेपछि छिट्टै पत्रकार सम्मेलनको आयोजना गरिनेछ।

चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु गरिने तयारी भइरहेको छ। समसामयिक राजनीतिक परिवेशमा आधारित रहेर निर्माण हुन लागेको ‘लाजनिति’ ले समाजमा व्याप्त राजनीतिक विकृति र विसंगतिलाई प्रहसनात्मक तरिकाले चित्रण गर्ने लक्ष्य लिएको निर्देशक बुढाथोकीको भनाइ छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend