शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य प्रतितोला २ लाख नजिक, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २ लाख नजिक, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ ।

छापावाल सुनको मूल्य तोलामा आज एकैदिन ६ हजार ९ सय रुपैयाँ बढेको हो । मंगलबार सुन १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend