logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • महिला हस्तकला मेला फागुन २२ देखि हुँदै

    महिला हस्तकला मेला फागुन २२ देखि हुँदै

    5.4K
    Shares

    काठमाडौं । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । 

    महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो ।  ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले  जानकारी दिइन् । 

    उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ । मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासङ्घले जनाएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहनेछन् । यस्तै, नेपाल हस्तकला महासङ्घको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend