Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

images
images
  • सुनाैलाे नेपाल
  • फाल्गुण १९, २०७७ बुधवार ११:५१ बजे
  • 751
    SHARES
  • काठमाडौं। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।
     
    नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५००  मूल्य निर्धारण भएको छ । 
     
    यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images