२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन दिइने छैनः सभापति देउवा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन नदिने स्पष्ट पारे । उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे।

चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास समेत सभापति देउवाले व्यक्त गरे । उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको समेत बताए । पारस्परिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्धहरुमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गर्दै दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताए ।

सभापति देउवाले भने, ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ । आजको यस फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाईमा लैजाने विश्वास लिएको छु । दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुका साथै दुई देशको जनताबीच आपसी सहकार्यको भावना थप बलियो बनाउनेछ । नेपालको राजनीतिक पोलिसी र चाइना पोलिसी नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’

सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट