२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण छ : कांग्रेस

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

संसद भवन परिसर नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरु लागू गर्नसक्ने खालका नरहेको बताएका हुन् । आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णरुपमा लागू हुन्छ भन्नेकुरामा शंका रहेको उनको भनाइ छ ।

प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरु समग्र रुपमा राम्रो आएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रमले आर्थिक सुझाव आयोगले दिएका सुझावहरुलाई समेत राम्रोसँग समेटेको छ । समग्रमा यो नीति तथा कार्यक्रम राम्रो छ । तर सबैभन्दा ठूलो कुरा चुनौतीको पाटो छ । यसभन्दा अगाडि आउने नीति तथा कार्यक्रम पनि राम्रै हुन्थे । त्यसलाई लागू गर्नको लागि हामीसँग प्रयाप्त आर्थिक स्रोत पनि छैन । त्यस कारण नीति तथा कार्यक्रम कतिपय अवस्थामा सान्दर्भिक नभएका अथवा लागु गर्ने अवस्थामा नरहेका पनि हामीले देखेका हुन्छौं । त्यसकारण यो पनि लागू गर्ने कुरामा सन्देहभन्दा पनि चुनौतीपूर्ण छ ।’

उनले नीति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्नेकुरा सरकारको लागि गम्भिर प्रश्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट