२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेन : देवेन्द्र पौडेल

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति कार्यक्रममा सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशिलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ. गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरु राखेकोमा धन्यवाद दिए ।

उनले यसअघिको नीति तथा कार्यक्रमका कारण ६ सय ६१ स्टार्टअपले लोन पाएको बताए ।

सांसद पौडेलले भने, ‘नीति कार्यक्रममा सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशिलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ. गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरु मैले दुई पटक पढ्दाखेरी प्राप्त गरेँ । ६ सय ६१ स्टार्टअपले लोन पाउँदैछन् भन्नेकुरा । आज नीति तथा कार्यक्रम छलफल हुँदैछ, पास कहिले हुने हो । आज आएको नीति तथा कार्यक्रमले ६ सय ६१ ले पाएको होइन । पहिलाको कार्यक्रम हो । पहिलाका केही कार्यक्रमहरुमा रि प्याकेजिङ गरेर ०८२–०८३ को नीति तथा कार्यक्रममा स्टिकर टाँसिएको छ । सबै कुरा पहिलाको कार्यक्रममा छ । राष्ट्र निर्माणको लागि दृढ संकल्प आउनुपर्दथ्यो, नीति तथा कार्यक्रममा ।’

सांसद पौडेलले नीति तथा कार्यक्रमले सिक्ने किसिमको नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट