२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रम समय सापेक्ष छ, प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ : सांसद लामा

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा (एमाले) सांसद तारा लामा तामाङले सरकारले संसदमा प्रस्तुत गरेका आगामी आव ०८२/८३ को नीति तथा कार्यक्रम समय सापेक्ष रहेकाले प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्ने बताएका छन्।

नीति तथा कार्यक्रममाथि प्रतिधिसभामा भइरहेको छलफलमा मंगलबार भाग लिँदै सांसद लामाले भने, ‘यो नीति तथा कार्यक्रम एकदम राम्रो, एकदम नराम्रो, परम्परागत र एकदम क्रान्तिकारी भन्दा पनि यथार्थलाई स्वीकार गरेको छ ।’

सांसद लामाले नीति तथा कार्यक्रममा हेर्ने दृष्टिकोणमा फरकपना देखिएको बताए, ‘सरकारमा हुँदा एउटा, प्रतिपक्षमा हुँदा अर्काे बोल्ने बानी छ, बाहिर माहोल के छ भनेर पूर्वाग्राही भएर बोल्ने बानी छ,’ उनले भने, ‘हामीले विगतमा नीति तथा कार्यक्रममा पपुलारिटीका लागि कार्यक्रम मात्र बढी हाल्थ्यौँ । कार्यक्रमलाई बढी जोड दिन्थ्यौं, यसले हामी कार्यक्रममा चुक्थ्यौं । अहिले यथार्थपरक आएको छ, अब नीति तथा कार्यक्रममा रहेर यथार्थपरक बजेट ल्याउनुपर्छ ।’

सरकारले चालु खर्चमा मितव्ययितता अपनाउ अनावश्यक र जागिर खवाउनका लागि मात्र खडका भएका कार्यालय खारेज, उस्ताउस्तै प्रकृतिका कार्यालय मर्ज गरेर अगाडि बढ्ने भनेकाले कार्यान्वयन हुनुपर्ने उनले बताए। ‘सात बुँदे सहमतिलाई आधार बनाएर नीति तथा कार्यक्रम अगाडि बढेको छ।

पुरानो संरचनाजस्तो भएको छैन,’ उनले भने । नागरिक एप, राष्ट्रिय परिचयनपत्रमा केही कमीकमजोरी भए सुधार गर्दै व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै उनले भने, ‘आइटीको जमाना भएकाले आइटीमा लगानी गर्नुपर्छ ।’

हुलाकी राजमार्गसहित ठूला आयोजना दशकौंदेखि निर्माणाधीन अवस्थामा रहेकाले बजेटबाट स्रोत सुनिश्चित हुनुपर्ने सांसद लामाले बताए। ‘हुलाकी, विपी, पुष्पलाल राजमार्ग अनि निर्वाचन क्षेत्र रणनीतिक सडक छन् । तर, बजेट अभावका कारण अधुरै छन्,’ कञ्चनपुर–१ बाट निर्वाचित सांसद लामाले भने, ‘अब बजेटमा ग्यारेन्टी दिएर सम्पन्न होस् । कञ्चनपुरमा तीन, चार पटक म्याद गुज्रिदा पनि हुलाकी सम्पनन्न भएको छैन । अब यी विषय बजेटमा आउनुपर्छ ।’

नेपाल र भारतको सीमा क्षेत्रमा लागूऔषध मौलाएको बताउँदै लामाले दुई देश मिलेर अभियानका रुपमा नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सरकारको ध्यान जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट