२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्त्त गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिए ।

उनले भने, ‘आर्थिक वर्ष २०८२–०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ ।’

राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आईतवार दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट