logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पितृशोकको चारदिनपछि प्रधानमन्त्रीले दिए गोकुल बाँस्कोटाको परिवारजनप्रति समवेदना

    पितृशोकको चारदिनपछि प्रधानमन्त्रीले दिए गोकुल बाँस्कोटाको परिवारजनप्रति समवेदना

    4.4K
    Shares

    काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा यतिखेर पितृशोकमा छन् । गत मंगलबार अर्थात् फागुन १८ गते बाँस्कोटाका पिता हरि प्रसाद बाँस्कोटाको काभ्रेको मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा निधन भएको थियो ।  बाँस्कोटाको निधनप्रति नेकपाका प्राय: नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका थिए ।

    तर, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भने चार दिनपछि समवेदना प्रकट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, नेकपाका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाका पिता हरिप्रसाद बास्कोटाको निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ । यस दुःखद् घडीमा दिवंगत बाँस्कोटाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै गोकुलजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । ‘

    गोकुल प्रधानमन्त्रीको निकटतम मध्येका एक नेता मानिन्छन् । तर, उनलाई पितृशोक परेको प्रधानमन्त्रीले बल्ल थाहा पाए वा थाहा पाएर पनि समवेदना दिन ढिला गरेका हुन् भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो समय हरेक दिन जसो उद्घाटन, शिलान्यास र सभा सम्बोधनमा व्यस्त भएको कारण पनि प्रधानमन्त्रीले हरि प्रसाद बाँस्कोटाको निधन प्रति समवेदना प्रकट गर्न नभ्याएका हुन कि ! 

    kp oli.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend