२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र उर्जा क्षेत्रमा सम्भावना छ : स्थायी कमिटी सदस्य राई

बुधवार , बैशाख २४, २०८२

विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईले कोशी प्रदेश उर्जा र जलस्रोतको क्षेत्रमा बढी सम्भावना भएको क्षेत्र रहेको बताए ।

नेकपा एमाले कोशी प्रदेश कमिटी, उर्जा, जलस्रोत तथा सिंचाई विभागले बुधबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशको समृद्धिको लागि जलस्रोत र उर्जा’ विषयक कार्यशालालाई सम्बोधन गर्दै राईले उर्जा र जलस्रोतबाट प्रदेशलाई समृद्धि बनाउनुका साथै प्रदेशका जनताको आर्थिक अवस्थामा बृद्धि गर्न सकिने बताए ।

उनले नेकपा एमालेले समृद्धिको लागि विभिन्न रचनात्मक काम गर्दै आएको बताउँदै विभागहरुले पनि रचनात्मक काम गर्नुपर्ने बताए । ‘भर्खरै लगानी सम्मेलन सकियो । अपेक्षा भन्दा बढी लगानी भित्र्यिको छ । यो कार्यक्रम लगानी सम्मेलन अगाडि नै भएको भए अझ प्रभाकारी हुन्थ्यो । तर, पनि सुरुवात भएको छ । यो सकारात्मक हो’, उनले भने ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०८१ पौष ९ गते मन्त्रीपरिषद्बाट स्वीकृत भएको ‘उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ लाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पनि उर्जा, जलस्रोत तथा सिंचाई विभागले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

No description available.

‘कोशी प्रदेशमा धेरै हाइड्रोपावर निर्माणाधिन अवस्थामा रहेकाले ती आयोजना छिट्टै सञ्चालन गर्न र त्यहाँबाट लाभ लिनका निम्ति पार्टीले गर्नुपर्ने कामको सवालमा पनि ध्यान दिनु जरुरी रहेको राईले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलनको माध्यमबाट केही आयोजना पीपीपी मोडलमा अगाडि बढाउन लागेको बताए ।

उनले उर्जा र जलस्रोतको क्षेत्रको विकासको लागि कोशी प्रदेश सरकारले मात्र गर्न नसक्ने बताउँदै संघिय सरकारबाट कानुन बनेर नआई प्रदेशले यो क्षेत्रमा हात हाल्नै नमिल्ने बताए । कानुनी अड्चनका कारण पनि यो क्षेत्रमा सम्भावना धेरै हुँदा हुँदै पनि काम गर्न समस्या भएको मुख्यमन्त्री कार्कीको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख मोहन कुमार डाँगीको अध्यक्षतामा भएको कार्यशालामा डाँगीले “कोशी प्रदेशमा जलस्रोत र ऊर्जा क्षेत्रको सम्भाव्यता” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

डाँगीद्धारा प्रस्तुत कार्यपत्र अनुसार कोशी प्रदेशमा नदी प्रवाहमा आधारित २२ हजार ६ सय १९ मेगावाट कुल क्षमताको ३१.२० प्रतिशत, जलाशययुक्त आयोजनाबाट ११ हजार ५ सय ९५ मेगावाट कुल क्षमताको २४.०८ प्रतिशत गरी जम्मा ३४ हजार २१४ मेगावाटको कुल क्षमता २८.३४ प्रतिशत उर्जा उत्पादन क्षमता रहेको बताए ।

उनले कोशी प्रदेशमा सोलारबाट उर्जा सोलार आवर बमोजिम २० हजार मेगावाट उत्पादन गर्न सकिने उल्लेख गरे । डाँगीले नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न कोशी प्रदेशबाट २८.३४ प्रतिशत वा ८०७७ मेगावाट विधुत उत्पादन गनुपर्नेमा जोड दिए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष समेत रहेका डाँगीले सरकारले लिएको लक्ष्यलाई पुरा गर्नको लागि सबै लाग्नुपर्ने बताए । यसमा तीनै तहका सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

त्यसैगरी कार्यक्रममा उर्जा प्राविधिक इन्जिनियर मणीराम दाहालले ‘हाइड्रोपावरबाट लिन सक्ने लाभ र सम्भावना’ विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जलस्रोतको रणनीतिक उपयोग, जलविद्युत् उत्पादन, सिँचाइको प्रभावकारिता र प्रदेश समृद्धिमा यस क्षेत्रको योगदानबारे विश्लेषण गरिएको थियो ।

कार्यक्रममा भएको छलफलले कोशी प्रदेशमा जलस्रोत तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि नीति निर्माण, लगानीको सम्भाव्यता, तथा अन्तरसंस्थागत समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको छ ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश पदाधिकारीहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट