२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा अनिश्चिकालिन जनआन्दोलनको घोषणा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । राजसंस्था पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताएका हुन् । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उनको भनाइ छ ।

उनले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गरे । उनले देशमा भ्रष्ट व्यवस्था र भ्रष्टहरुको शासन रहेकाले त्यसबाट देश र जनतालाई मुक्त गर्नु आन्दोलनको कार्यभार रहेको बताए ।

उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै व्यवस्था परिवर्तनका लागि दबाब सिर्जना गर्न समितिमा आवद्ध दल तथा समूहहरु आन्दोलनमा उत्रिने बताए । आन्दोलन सरकार वा दलको विरुद्धमा नभएको उनको भनाइ छ ।

संयोजक सुवेदीले २०७२ मा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट