२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।

“आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट