काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ ।
धनुषाको जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक भवनको सभा हलमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको खुला सत्र उद्घाटन गरेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
महाधिवेशनमा सातै प्रदेशबाट करिब तीन सय प्रतिनिधिहरु सहभागी भएको महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।
आइतबार महाधिवेशनको बन्द सत्रबाट संगठनको केन्द्रीय समिति निर्वाचित गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस