२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइने

आइतवार , बैशाख २८, २०८२

रूपन्देही । लुम्बिनीमा २५६९ औँ बुद्धजयन्ती मनाइने भएको छ । शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गर्दै २५६९ औँ बुद्धजयन्ती मनाउने भव्य तयारी भईरहेको जानकारी गराएको हो ।

वैशाख २८ देखि ३० गतेसम्म तीन दिवसीय विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जनाएको छ ।

प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुनेछ ।

साथै, विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने छन् ।

त्यस्तै, वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० बजे शोभायात्रा हुने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट