काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शैली र संस्कृतिका साथ अगाडि बढ्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् ।
आईतबार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उजले नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको बताए ।
नीति तथा कार्यक्रमले सुशासन र विकासको बाटोलाई तिब्रता दिने गरी आएको बताए । उनले नेपाली जनताले हटाइ सकेको राजतन्त्र पुनस्र्थापनाका लागि हिंसात्मक गतिविधि गरी अराजकतालाई राजनीतिक आचरणको रुपमा स्थापित गराउने खोज्नेहरुलाई परास्त गर्नेगरी नीति तथा कार्यक्रमले मार्ग निदेश गर्ने बताए ।
उनले सत्ता साझेदारी सबै दलहरुसँग गम्भीर बहस र छलफल गरेर नीति तथा कार्यक्रम प्रश्तुत भएको जिकिर गरे । उनले संविधानको मार्गदर्शन लगायतका पक्षहरु र जनताका आकांक्षाहरुलाई सम्बोधन गर्ने तथा प्रभावकारी संयोजन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।
उनले भने, ‘आगामी आर्थिक वर्षमा हामी कस्ता नीति र कार्यक्रमका साथ अघि बढ्छौँ, कस्ता योजनाका साथ अघि बढ्छौँ, कुन कार्यशैलीका साथ अघि बढ्छौँ भन्नेकुरा नयाँ ढाँचाले मुख्य रुपमा यी दुई वटा दल र अरु सत्तासाझेदार दलहरुसमेतसँग गम्भीर परामर्श र छलफल गरेर यो नीति तथा कार्यक्रम आएको हो प्रस्तुत भएको हो । यसमा समयको आवश्यकता, संविधानको मार्गदर्शन लगायतका पक्षहरु र जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नेगरी प्रभावकारी संयोजन गर्ने गरी यो नीति तथा कार्यक्रम आएको हो । यस कार्यक्रमलले जनतामा रहेको वा जनतामा फैलाउन खोजिएको बलजफ्ती फैलाउन खोजिएको निराशा यत्रो विकास भइरहेको छ तर केही भएकै छैन ।’
उनले थप भने, व्यवस्थामा परिवर्तन भयो अवस्थामा परिवर्तन भएको छैन भन्ने एउटा हुह्या चलाइएको छ । सञ्चारमाध्महरु र सामाजिक सञ्जालहरुको भद्दा ढंगले दुरुपोयग गरेर । वातावरण बिगार्ने कोशिस गरिएको छ, समाजमा अराजकतालाई राजनीतिक आचरणको रुपमा स्थापना गर्न खोजिएको छ । लोकतन्त्रलाई अस्वीकार गर्ने र हजारौँ वर्ष पुरानो मकिएको राजतन्त्र जो ढल्यो त्य सको पक्षमा खुलेयाम वकालत गर्ने मात्रै होइन कि त्यसका निम्ति जे पनि गर्ने आगजनी तोडफोड, हत्या, पार्टी कार्यालयहरुमा तोडफोट आगजनी नेताका घरमा आक्रमण । त्यसखालको अवस्थाबाट सरकारलाई तेजोवोध गर्न खोज्ने सकारलाई विस्थापित गर्न खोज्ने प्रयासहरु भइरहेका बेला नीति तथा कार्यक्रम आएको छ । यो अवस्य पनि स्थिरता लागि, सुशासन र विकासका लागि । तिब्र विकासको बाटोमा लाने गरी नयाँ नीति नयाँ शैली र नयाँ तरिका र संस्कृतिका साथ अगाडिनी बढाउने गरी यो आएको छ ।’
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम छोटो आएकोमा आलोचना हुनसक्ने बताए । नीति तथा कार्यक्रम छोटो भएपनि यसमा समेटिएका विषयहरु विकासलाई तिब्रताका साथ अगाडि बढाउने ढंगले आएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस