२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

वर्तमान सरकार आवश्यकता परेर बनाइएको हो : प्रधानमन्त्री

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको बताएका छन् ।

आईतबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई अगाडी बढाउन नसकिने बताउँदै विभिन्न महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न अहिलेको सरकार बनेको जिकिर गरे ।

उनले वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गरेको स्मरण गरे । उनले संविधानले सामाजिक न्याय, समानता, मौलिक हकहरू र राज्यका निर्देशन सिद्धान्त र नीतिहरू सुनिश्चित गरेको बताउँदै तिनीहरूलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता दुई ठूला दल एक ठाउँमा आएको जिकिर गरे ।

उनले भने, 'हामीले जुन प्रणाली स्थापना गर्यौँ, जुन व्यवस्था ल्यायौँ, त्यस व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गर्यौँ। संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्यौँ । मौलिक हकहरू सुनिश्चित गर्यो । राज्यका निर्देशन सिद्धान्त र नीतिहरू के हुन ती पनि निर्दिष्ट गर्यो । यी सबै कुराहरूलाई ध्यानमा राखेर राष्ट्रको आजको आवश्यकता यिनीहरूलाई सम्बोधन गर्ने हो । स्थिरता र स्थायित्व बिना यिनीहरूलाई सम्बोधन गर्न सकिँदैन भनेर यो सरकार आएको हो । स्थिरता र स्थायित्व बिना न यस्ता महत्वपूर्ण विषयलाई सम्बोधन गर्न सकिन्छ, न त सुशासन र विकासको गतिलाई अगाडी बढाउन सकिन्छ । तसर्थ, अहिलेको सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको हो ।'

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आकाङ्क्षाहरूलाई पूरा गर्ने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट