२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : अध्यक्ष प्रचण्ड

आइतवार , बैशाख २८, २०८२

धरान (सुनसरी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आज यहाँ किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताए । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताए ।

संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उनले दाबी गरे । “समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीहरू छन्, त्यहाँ संशोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उनले भने, “हामीले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि सङ्घर्ष मात्र नभएर त्यसलाई संस्थागत गर्दै शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न निरन्तर भूमिका खेलिरहेका छौँ ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, आर्थिक विकास र समृद्धिका लागि जनताले कृषिलगायत क्षेत्रमा भोग्दै आएका समस्या समाधानको सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट