काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ दिर्घजिवी हुने विस्वास व्यक्त गरेका छन् । आइतबार ‘डिम्यान’ ले आज आयोजना गरेको प्यानल डिस्कसन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले डिम्यानले हाल सामाजिक सञ्जालमा देखापरेका विकृतिहरुका विरुद्ध लड्ने विस्वाससमेत व्यक्त गरे । ‘डिम्यानले हाल सामाजिक सञ्जालमा देखापरेका विकृतिहरुका विरुद्ध लड्नेछ ।’ उनले भने, ‘यी स्टाबिलिस भनिएका मिडियाहरुमा एउटा भ्रम के परेको छ भने हामी जे भन्छौँ त्यहिनै सत्य हो, हामीले बङ्याए पनि यो सिधा हो भनेपछि त्यहि सिधा हो, यस कुरालाई पनि डिम्यानको सँकल्पले तोड्नेछ भन्ने विस्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले कसैप्रति आग्रह पूर्वाग्रह राख्न नहुने बताए । उनले यो सत्यको मार्ग नभएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस