काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन् ।
कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे । अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङदेनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिए ।
बद्नाम नेताहरुसँगै राजनीति गरिरहेको भएपनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको उनको दाबी छ । उनले धर्म र संस्कृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
धर्म र संस्कृति रहेमात्र मुलुक रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मको संरक्षण र प्रवद्र्धनका लागि लागि पर्न सबैमा आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस