२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन सांसद गिरीको माग

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले साविक राप्ती अञ्चलको विकासका लागि दाङ्ग तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्व मंत्री गिरीले जुन वेला तत्कालीन महेन्द्र राजमार्गको परिकल्पनासम्म भएको थिएन, त्यो समयमा टरिगाउ विमानस्थल टरिगाउँ एयरपोर्ट विस २०११ सालमा स्थापना भएको स्मरण गरे ।

टरिगाउविमानस्थलबाट धेरै पटक डकोटा जहाज चढेर यात्रा गरेको सम्झना गर्दै सांसद गिरीले मुलुकमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि टरिगाउँ विमानस्थलको अवस्थामा कुनै परिवर्तन न आएको बताए। ‘यो एयरपोर्ट भैरहवा, नेपालगञ्ज र सूर्खेतका विमानस्थलहररूको वैकल्पिक एयरपोर्ट पनि हो । यो विमानस्थलमा पुष – माघ महिनामा पनि कुहिरो लाग्दैन’ उनले भने।

समुद्र सतहदेखि ६३४ मिटर उचाईमा रहेको टरिगाउ विमानस्थलको हाल कालोपत्रे धावन मार्ग ७५० मिटर लम्वाई र ३० मिटर चौड़ाई छ । टरिगाउँ एयरपोर्टमा हाल नेपाल एयरलायन्स (एनएसी) को १९ सिटको ट्वीनअटर जहाजले साताको २–३ दिन अनियमित उडान गर्छ। यात्रुहरूको उच्च चाप हुदाहुदै पनि अनिश्चित उडान र भाडादर महङ्गो पर्ने भएकोले त्यो भेगका नागरिक हवाई यात्राबाट बन्चित भएका छन् । आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरूले अकालमा ज्यान गुमाउनु परेको छ ।

‘एटीआर सेभेन्टी टु जहाजको उडान र अवतरण गर्न कम्तीमा १४०० देखि १५०० मिटर धावन मार्ग आवश्यक पर्दछ। विगत एक वर्ष अगाडि मात्रै पोखरा विश्वविद्यालयका प्रोफेसर डा। गोविन्द प्रसाद लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त समुहले सर्भे गरि डीपीआर तयार गरेको छ । दुवै निकायहरूको प्रतिवेदन अनुसार भ्याट सहित ३ अर्व ४२ करोड बजेट आवश्यक छ । यो बजेटले जग्गा अधिग्रहण गर्न करिब १ अर्ब र २ अर्व ४२ करोड बजेटले पन्ध्र सय मिटर धावन मार्ग निर्माण गर्न सकिन्छ’ सांसद गिरीले भने।

उनले नेपाल भारत सीमाको कोइलाबास नाकालाई पुनः सुचारु गर्न र घोराही–तुलसीपुर जोड्ने चार लेन सडकको निर्माणको कामलाई अगाडी बढाउन पनि माग गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट