काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलसादेवी दाहालले जनताले महशुस गर्नेगरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएकी छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् । उनले जनताको जीवनस्तरमा सहज हुनेगरी बजेट विनियोजनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएन् । उनले बजेट विनियोजनका क्रममा राज्यले नीति तथा कार्यक्रममा ल्याएका विषयवस्तुलाई र सिद्धान्त र प्राथमिकतामा तोकिएका विषयवस्तुलाई कार्यान्वयन गर्न आवश्यक रहेको औँल्याइन् ।
उनले राज्यको सामथ्र्यअनुसार वर्तमान चुनौतीहरू सामना गर्न सरकारले प्रयत्न गर्नुपर्ने आवश्यक रहेको जिकिर गरिन् । उनले सामाजिक न्याय र समानतामा आधारित जनताले महशुस गर्ने गरी सर्वसुलभ जीवन व्यतीत गर्न राज्यले आफूले निर्धारण गरेका सिद्धान्त र प्राथमिकतामा ध्यान दिन सुझाव दिइन् । यस्तै, सरकारले सङ्घीयता सबलीकरण गर्ने विषयवस्तु, दिगो विकासका कुराहरू, सुशासन प्रवद्र्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता विषयवस्तुलाई प्राथमिकता बताउँदै आधा अधुरा आयोजनाहरू पूरा गर्ने लक्ष्य लिएको उल्लेख गरिन् ।
उनले भनिन्, “नेपाल सरकारले बजेट विनियोजन गर्दा आधा अधुरा आयोजनाहरू पूरा गर्ने लक्ष्य लिएको देखिन्छ । सङ्घीयता सबलीकरण गर्ने विषयवस्तु, दिगो विकासका कुराहरू, सुशासन प्रवद्र्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता विषयवस्तुलाई प्राथमिकता दिएको देखिन्छ । सामाजिक न्याय र समानतामा आधारित जनताले महसुस गर्ने गरी सर्वसुलभ जीवन व्यतीत गर्नको लागि राज्यले आफूले निर्धारण गरेका सिद्धान्त र प्राथमिकतामा ध्यान दिन आवश्यक छ ।
राज्यको सामथ्र्यअनुसार वर्तमान चुनौतीहरू सामना गर्नको लागि प्रयत्न गर्न आवश्यक छ । बजेट विनियोजनका क्रममा राज्यले नीति तथा कार्यक्रममा ल्याएका विषयवस्तुलाई र सिद्धान्त र प्राथमिकतामा तोकिएका विषयवस्तुलाई कार्यान्वयन गर्न आवश्यक छ । जनताको जीवनस्तरमा सहज हुने गरी जनताले महशुस गर्ने यो सरकारले बजेट विनियोजनमा ध्यान देओस् भन्न चाहन्छु ।”
उनले सरकारले आश्वासन मात्रै नभएर कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस