काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संसद बैठकमा उपस्थित नभएपछि आपत्ति जनाएका छन् ।
उनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै नीति तथा कार्यक्रममा महामन्त्रीद्वय थापा र शर्मा उपस्थित नभएको भन्दै कटाक्ष गरे ।
सांसद शाहीले उनीहरुलाई नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको टिप्पणि गरे ।
उनले भने, ‘मेरो पार्टीभन्दा पर नेपाली कांग्रेसतिर गएँ म । यहाँ दुई जना सशक्त नेता हुनुहुन्छ । उहाँ नीति तथा कार्यक्रमममा कहीँ पनि देखिनँ । उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ । विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ, नगरौँ आफ्नै पार्टी सरकारमा छ ।’
प्रतिक्रिया दिनुहोस