२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।

समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट