२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विपद् पूर्वतयारीमा ध्यान दिन सांसद सापकोटाद्वारा सरकारको ध्यानाकर्षण

बुधवार , जेठ १, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गरेका हुन् । उनले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताए । उनले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताए । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उनको भनाइ छ ।

सांसद सापकोटाले भने, ‘प्रि मनसुन शुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरु भए । २१ जनाका मृत्यु भयो । अनुमानित १७ करोडको क्षति हुन पुग्यो । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र छन् ।’

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट