काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेरमात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् । उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।
उनले बजेटमा चालु खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्नेगरि आएमा आफूहरुको पूर्ण समर्थन रहने बताए । राजश्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताए । साथै उनले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए ।
उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरि अघि बढ्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस