२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँः : सांसद शेर्पा

बुधवार , जेठ १, २०८२

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका छन् । उनले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभइ आवश्यकता भएके र प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार विकास गर्न आग्रह गरे । उनले शाहसिक खेलहरु, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिन माग गरे ।

उनले पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्नेकुरा जटिल भएपनि त्यसको सही सदुपयोग हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले यो हवाई पूर्वाधारमा पनि जहाँ प्रतिफल आउँछ, त्यसमा मात्रै लड्ने भने जस्तो गरेर यो हवाई धावन मार्गहरु जहाँ पायो त्यहीँ बनाउने, जहाँ माग छ त्यहीँ बनाउने होइन । जहाँ प्रतिफल आउँछ त्यहाँ बनाउनु पर्छ । शाहसिक खेलहरु, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिनुपर्छ । पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने भनेको छ, यो अलि जटिल प्रक्रियाको भएपनि यसलाई इन्भायरोमेण्टको नाममा मात्रै नराखि हामीले अहिले पनि विकास गरिरहेका छौँ ।’

सांसद शेर्पाले विद्युत उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभइ वैकल्पिक विद्युतमा पनि जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट