२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण

बुधवार , जेठ १, २०८२

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले भने, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने यहाँ अर्को व्यवस्था आउँछ, किनकी संविधान जारी हुँदा नै हामीले समाजवादमा जाने भनेर उद्देश्य राखेका छौँ । जनअपेक्षा पूरा गरौँ ।”

संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले एकताबद्ध भएर चिन्तन गर्न आवश्यक रहेको जनाउँदै सांसद गौतमले संविधानमा परिकल्पना गरिएअनुसारको समाजवादको घोषणा गर्न ढिलाइ नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट