२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम

बुधवार , जेठ १, २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेको बताए ।

उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए । उनले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरु नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गरे । उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताए ।

उनले दलहरुले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । देश ठुलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ । कति समयसमम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन । तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो । कसैले रोक्न सक्दैन । कसैले रोकेर रोकिएर भएपनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठूलो नोक्शानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ । नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुद राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवाद उन्मुख सबै नेताहरुको मुखमुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन ।’

उनले थप भने, ‘गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ इमान्दारीका साथ भन्नुस् हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ । त्यसले गति लिइरहेको छ । त्यो गति एकदिन विष्फोट हुन्छ हामी सबै समाप्त हुन्छौँ । त्यसो भएर मौका छ केही सयम । यो व्यवस्था ल्याउने नेपाली कांग्रेस र कम्युनिष्ट नै हुन् एकतावद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद । ढिला नगरी हामीले त्यो काम शुरु गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट