२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकार सञ्चालनमा कांग्रेस र एमाले बीच समस्या छैन : गृहमन्त्री लेखक

बिहिवार , जेठ २, २०८२

राजविराज (सप्तरी) । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने । गृहमन्त्री लेखकले भने, “ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ । ”

उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट