२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्नेगरी आगामी बजेट आउँछ : मन्त्री भण्डारी

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्नेगरी आगामी बजेट आउने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सम्बोधन गर्दै  बुधवार  उनले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री भण्डारीले भने, “नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहनेगरी आगामी बजेट आउँछ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारीका रूपमा हेरेको छ ।”

उनले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । लगानीका लागि आवश्यक सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमतिलगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०८१–८२ को प्रथम आठ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई रु एक खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्वीकृत भएको, उद्योगको सञ्चालनबाट रु २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको उनले जानकारी दिए ।

विसं २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र छ हजार ६४९ वटा अप्रुभल रुटबाट गरी कुल छ हजार ९८२ परियोजनाहरूमा रु पाँच खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको तथा यस्ता उद्योगको सञ्चालनबाट रु तीन लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको मन्त्री भण्डारीले जिकिर गरे ।

उनले स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट