२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा प्रदायकहरुको भुमिका महत्वपूर्ण : महासचिव पोखरेल

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रकाविरुद्ध सूचना प्रविधिका माध्यबाट नियोजित रुपमा हुने हमला रोक्न सूचना प्रविधि प्रदायकहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतन्त्र र व्यवस्था विरोधी सामग्रीहरु कहाँबाट सञ्चालन भइरहेका छन् भनेर पत्ता लगाउन सूचना प्रविधि कम्पनीहरु सक्षम रहेको बताएका हुन् । उनले नकारात्मक प्रचारका सामग्रीहरु कहाँबाट प्रशारण हुन्छन् भन्नेकुरा पत्ता लगाउने सामथ्र्य सूचना प्रविधि प्रदायकहरुसँग रहेको स्पष्ट पारे ।

नेपालमा लोकतन्त्रलाई विकृत बनाउने र साना दलहरुले ठूला दलहरुमाथि शासन गर्ने र दुई सय ७५ सिट भएको संसदमा ३२ सिट लिएर पाँच वर्ष शासन गर्ने सपना देख्ने नेपालको लोकतन्त्रको अभ्यासलाई हामीले रोक्नका लागि दुई ठूला दल मिल्नुपरेपनि लोकतन्त्रको भविष्यको बाटो नभएको महासचिव पोखरेलको प्रष्टोक्ति थियो । उनले प्रविधिको युगमा नियोजित ढंगले भाइरल बनाउने धन्दा कहाँ कहाँबाट भइरहेको छ भन्ने पत्ता लगाउन र राष्ट्र कमजोर पार्ने त्यस्ता गलत सूचनाहरु नियन्त्रण गर्न सूचना प्रविधि प्रदायक कम्पनीहरु सक्षम रहेको दावीसमेत गरे ।

उनले भने, ‘ठूलाठूला महाशक्ति राष्ट्रहरुपनि उपनिवेशको शिकार बनिरहेको समयमा नेपाल स्वतन्त्र किन रह्यो भन्दा यसको सोसल भ्याल्युकै कारण नेपाल स्वतन्त्र रहेको हो । आज सामाजिक सञ्जालको जुन प्रकारले प्रयोग भइरहेको छ त्यसले गर्दा नेपालको सामथ्र्य गुमाइरहेका छौं । त्यो अवस्था किन सिर्जना भयो भने स्वाभाविक रुपमा हामी सामाजिक सञ्जालको उपयोगकर्ता हामीसँग नियन्त्रणमा छैन । जसले हाम्रो सोसल भ्याल्यूलाई बुझ्दै बुझ्दैन । त्यसैले हामीले गरेको चेतनाभाव उसले बुझ्दा पनि बुझ्दैन । अहिले त समाजलाई गलत प्रकारको भास्य निर्माण गर्न खोजिएको छ कि लोकतन्त्रले केही दिन सकेन ।’

उनले जबसम्म नीतिगत नेतृत्वका आधारमा समाजलाई डोर्याउने अवस्थामा हामी पुग्दैनौं तबसम्म विकास र समृद्धिको हाम्रो सपना पनि पुरा हुन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट