२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

‘पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता’

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धकारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले समाजवादी अर्थव्यवस्था निर्माण गर्ने त्यसका आधारशिला निर्माण र भु्रण निर्माण गर्ने दिशातर्फ राज्य प्रणाली जान नसकेको टिप्पणी गरे ।

प्रि–बजेट छलफलमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य र ध्ययेसँगै सामाजिक न्यायको सिद्धान्तलाई बलियो रुपमा अघि बढ्न प्रभावकारी र ठोस कुरा नआएको धारणा राखे ।

“सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई समन्यायिक ढङ्गले राज्यका सबै क्षेत्रमा समावेश गरेर लैजाने र त्यसअनुसार न्याय स्थापित गर्ने भनेका छौँ”, सांसद सापकोटाले भने, “पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका कयौँ विषयले मात्र बढी प्राथमिकता पाएका छन ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट