२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल

शनिवार , जेठ ४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताए । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ ।

आजका अवस्थामा आफूहरुको निशाना को हो ? कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताए । दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट