काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताए ।
एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको बताए । उनले एमालेले युवालाई सदुपयोग गर्ने पनि बताए । सही बाटोमा अरुलाई ल्याउँछु तर गलत बाटोमा जान्न भन्ने दृढ संकल्प लिन जरुरी रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्लाहरु चलाइरहेको बेलामा । एमाले बिरुद्ध यत्रा हमलाहरु भइरहेका बेला पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवा साथीहरु यसरी नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । यो तपाईंहरुको भिजिनरी संकल्प हो । नेपाल बनाउने भिजिनरी संकल्प हो ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक अधिकार र देशका लागि लड्ने पार्टी भएको बताए । उनले उत्ताउलो नभइ जिम्मेवार पार्टीको रुपमा एमालेले काम गरिरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस