२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

कांग्रेस संसदीय दल बैठक : समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा जोड

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गरेका छन् ।

बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुको भनाइ छ ।

उनले भने, ‘आज बजेट लगायतका विविध विषयहरुमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो । सक्रियतापूर्वक सहभागिता जनाउनु भयो । डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छौँ । दुई वटा शोक प्रस्तावहरु । नागिना यादवको पिताको स्वर्गारोहण भएको र ओखलढुंगाका पूर्व पार्टी सभापति एवं जिल्ला विकासका पूर्वसभापति महेश कोर्मोचाको निधनमा शोक प्रस्ताव पारित गरेका छौँ । गभर्नरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो ।’

संसदीय दलको बैठकमा ठूलो दलको हिसावले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट