२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेष्ठ ५ गते

आइतवार , जेठ ५, २०८२

विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइ दिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट