२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सांसद राईको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

आइतवार , जेठ ५, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग् जोडिएको उनको टिप्पणी छ ।

पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको बिरोध भइरहेको छ । उनले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट