२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनलाई जानकारी गराउन माग

आइतवार , जेठ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनमा आएर जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् । उनले केहि दिनदेखि देशका विभिन्न राजमार्गहरु अवरुद्ध रहेको बताए । यसले यस वर्ष पनि वर्षाका कारण ठूलो क्षति हुने अनुमान गर्न सकिने भन्दै समयमै पूर्वतयारीमा जुट्न आग्रह गरे ।

उनले भने, ‘केही दिन अघिदेखि देशका विभिन्न राजमार्गहरु अवरुद्ध भइरहेका छन् । चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरुमा धेरै ठाउँमा अवरुद्ध । एकतर्फी सञ्चालन भइरहेको अवस्था छ । वर्षायाम शुरु हुनुभन्दा अगावै यसले के देखाउँछ भने यस पटकको वर्षामा पनि धेरै जनधनको क्षति हुने सम्भावना देखिन्छ । त्यसकारण विपद् व्यवस्थापनको विषयमा पूर्वतयारी के छ ? यो विषयमा गृहमन्त्रीले सदनमा आएर जानकारी गराउन म सभामुख महोदयमार्फत माग गर्दछु ।’

उनले चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरुमा धेरै ठाउँमा अवरुद्ध रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट