२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सांसद कार्कीको आरोप : ‘मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्’

आइतवार , जेठ ५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो अरोप लगाएकी हुन् ।

उनले संसद ढाँट्ने थलो रहेको महशुस भएको बताइन् । उनले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरु नरहेको बताइन् । उनले बोल्ने तर बोलेका कुराहरु नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत ढाँट्ने गरेको बताइन् ।

मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको उनले बताइन् ।

सांसद कार्कीले भनिन्, ‘संसद ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरु सुनिँदो रहेनछ । यहाँ कुर्सीहरु खालि हुँदा रहेछन् । सरकारले जहिले पनि जनतालाई सांसदहरुको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ । तर मन्त्रीहरु यहाँ आउनुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ ।’

सांसद कार्कीले सरकार निरंकुश भइरहेको बताइन् । उनले संविधानको धारा २७० निलम्वित भएको हो ? भन्दै प्रश्न गरिन् । सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गरिन् । संसदीय व्यवस्थालाई पुनःविचार गर्नुपर्ने समय आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट