२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ

आइतवार , जेठ ५, २०८२

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताएका छन् ।

आज गृहजिल्ला लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापन कार्यक्रममा एमाले उपमहासचिव समेत रहेका उनले उक्त धारणा व्यक्त गरेका छन् ।

उनले मुलुक विकासका लागि एमालेले सरकारमा रहेर काम गरिरहे पनि गलत प्रचार गरी एमालेमाथि प्रहार भइरहेको बताए । उनले पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने गरी काम गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट