२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

आइतवार , जेठ ५, २०८२

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ ।

आईतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो ।

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए । उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए ।

उनकाअनुसार उपसमितिले ४ वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ । विधेयकका ६२ वटा दफा सरकारले प्रस्ताव गरे अनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए ।

उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयकउपचर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ । विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ । १३ वटा नयाँ दफा थप गरिएको छ छ । चारवटा दफालाई हटाइएको छ । १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ । ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरुपमा टुंगोमा पुर्याइएको छ ।’

समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट