२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गुठीको समस्या समाधानका लागि सरकारसँग माग

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले सिन्धुपाल्चोकमा मात्र एक सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेका हुन् । उनले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ वटा जिल्लामा फरक प्रकृतिको गुठीका समस्या रहेको बताए । उनले गुठीसँग सम्बन्धित विविध समस्याको समाधानका लागि गहनरुपमा अध्ययन गरी तत्काल विधेयक ल्याई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘गुठीको पीडा भोग्नेलाई मात्र थाहा छ । यो पीडाबाट देशैभर लाखौं नागरिकहरु प्रभावित छन् । त्यसमा सिन्धुपाल्चोकका मात्रै मेलम्चीको फटकशीला, लिसंखुको अत्तरपुर सिग्रे, बलेफीको फुल्पीङकोट, फुल्पिङडाँडा, मान्खा, त्रिपुरासुन्दरीको तौथली धुस्कुन, बाह्रबिसेको मानेश्वारा, जुगलको गुम्बा, सुनकोशीको पांग्रेटार, टेकानपुर, ठोकर्पा, कालिकालगायतका स्थानहरुमा गुठीसँग सम्बन्धित समस्या छन् । सिन्धुपाल्चोकमा मात्र १४६ वटा नाममा गुठीहरु दर्ता छन् । देशभर ६८ वटा जिल्लाहरुमा फरक प्रकृतिका गुठीका समस्याहरु छन् । त्यसैले म सभामुखमार्फत नेपाल सरकारलाई यससँग सम्बन्धित रहेका विविध समस्याहरुको समाधानका लागि गहिरो अध्ययन गरेर तत्काल गुठी विधेयक ल्याई समस्या समाधान गर्न नेपाल सरकारसँग माग गर्दछु ।’

विधेयक नआएसम्म गुठी समस्या समाधान गर्न नकिने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट