काठमाडौं । नेकपा माओवादी केन्द्र निकट सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु नेपाल चयन भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न तेस्रो अधिवेशनले सर्लाहीको हरिवन निवासी नेपालको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षयमा अमरेन्द्र कुशवाहा, राजकुमार आले र मुकेश खड्का चयन भएका छन् । त्यस्तै सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः रोजिना थापा कार्की, उषा काफ्ले र सरोज रायमाझी चयन भएको अध्यक्ष नेपालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि सम्पर्क समितिको सचिव थिए ।
निवर्तमान अध्यक्ष शंकर रायमाझीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज मातृका यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । हाललाई ३० जनाको कार्यसमिति निर्वाचित भएको र १५ जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । काठमाडौंमा बसोबासरत एवं कार्यरत सर्लाहीबासीको हकहितका लागि डटेर लागिपर्ने अध्यक्ष नेपालको प्रतिबद्धता छ ।
नेपालले २०६४ सालमा अखिल क्रान्तिकारीको जिल्ला सचिव, २०६८ मा जिल्ला उपाध्यक्ष हुँदै रानीतिमा आएका नेपाल केहि वर्ष देखि काठमाडौंमा बसोबासरत एवं कार्यरत सर्लाहीबासीको हकहित संगै समस्यामा सदैब निरन्तर लागिरहेका छन् ।
२०८० सालमा नेपालकै नेतत्वमा बागमती नगरपालिका निवासी युवा सन्तोष पन्तको दुबै किड्नि फेल भएको अवस्थामा उपचार खर्चको व्यवस्थापना पनि गरिएको थियो । साथै, हालै ब्लड क्यानसर भएर पाटन अस्पतालमा उपचारत १४ वर्षीय बिनायक बि.क. को लागि उपचार खर्च जुटाउन पनि अध्यक्ष नेपाल लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस