२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

सोमवार , जेठ ६, २०८२

काठमाडौं । सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो ।

सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए । उनकाअनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ । यस्तै विदेशस्थित नेपाली राजदुतावास, कुटनीतिक नियोग तथा वाणिज्य दुतावासमा पनि कार्यक्रम तय गरिएको छ ।

जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

गृहसचिव दुवाडीकाअनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते संघीय सरकार र केन्द्रिय स्तरका कार्यक्रमहरु र प्रदेश तथा स्थानीय स्तरका कार्यक्रमहरु हुनेछ । जेठ १४ गते गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायतका जनचेतनामुलक कार्यक्रम हुनेछन् ।

राष्ट्रिय स्तरका छापा र सञ्चारमाध्यमलाई गणतन्त्र दिवसको अवसरमा विशेषाङ्क स्मारिका प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षिय आवाज उजागर गर्ने विभिन्न लेख, रचनाहरुको संगालो प्रकाशन गर्न अनुरोध गर्ने कार्यक्रम रहेको छ । दरबार स्क्वायर, मण्डला लगायतका स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले बिगुलसँगै रिभ्याली बजाउने, तोप र बन्दुको बढाईं गर्ने कार्यक्रम छ ।

मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गर्ने कार्यक्रम छ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरुमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट